ओखलढुंगा एमालेका निवर्तमान अध्यक्षले पार्टी छाडे, राजनीतिबाटै विश्राम लिएको घोषणा

नेकपा एमाले ओखलढुंगाका निवर्तमान अध्यक्ष शंकरबहादुर कट्वालले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट राजिनामा दिएका छन् । नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित कट्वाल दशौं जिल्ला अधिवेशनसम्म आइपुग्दा पार्टी छाड्ने अवस्थामा आइपुगेका हुन् । कट्वालले जिल्ला ईञ्चार्ज खगेन्द्र राईलाई राजीनामा पत्र लेख्दै पार्टी त्यागेका छन् । अध्यक्ष कट्वाल बन्दसत्र र निर्वाचन प्रक्रियामा समेत सहभागी भएनन् ।उनको नेतृत्वमा…