ओखलढुंगा । नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत ओखलढुंगाको जिल्ला सभापतिमा डेकराज भट्टराई सर्वसम्मत चयन भएका छन् ।
पार्टीको १५औँ नियमित महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न जिल्ला अधिवेशनले भट्टराईलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
केन्द्रीय सदस्य गोमा केसी, पार्टी जिल्ला संयोजक बालगोविन्द राजभण्डारी लगायतको आतिथ्यतामा सम्पन्न अधिवेशनले भट्टराईलाई सभापतिमा चयन गरेको हो ।
अधिवेशनबाट जिल्ला सभापति मात्र चयन गरिएको र बाँकी पदाधिकारी सभापतिले चयन गर्ने सहमति भएको केन्द्रीय सदस्य गोमा केसीले जानकारी दिइन् ।
उनका अनुसार प्रदेश महाधिवेशन प्रतिनिधितर्फ ओखलढुंगाका दुवै निर्वाचन क्षेत्रबाट गरी ४२ जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ ४६ जना चयन भएका छन् ।
जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन भएसँगै कांग्रेसको देउवा पक्षले जिल्लाको संगठनात्मक नेतृत्व टुंगो लगाएको छ ।







प्रतिक्रिया