तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने

भिजन समाचार
भिजन समाचार
२३ कार्तिक २०८३, आइतबार
तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने
२ मिनेट पढाइ


ओखलढुंगाको सुनकोशी गाउँपालिकामा तीन लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार राशिको ‘सुनकोशी गाउँपालिका कप–२०८३’ आयोजना हुने भएको छ ।


गाउँपालिकाको आयोजनामा आगामी मंसिर २१ देखि २४ गतेसम्म अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
‘संस्कृति, पर्यटन, कृषि र पूर्वाधार: समावेशी सुनकोशी समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिता सुनकोशी गाउँपालिका–५, मूलखर्कस्थित खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन गाउँपालिकाले देशभरका स्थानीय तहलाई आह्वान गरेको छ ।


प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले मंसिर १८ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ । टिम दर्ता शुल्क १० हजार रुपैयाँ, बीमा शुल्क एक हजार रुपैयाँ र धरौटी दुई हजार रुपैयाँ निर्धारण गरिएको छ ।


प्रतियोगिता ९ ए साइडमा फिफाको नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रत्येक टिममा १४ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १६ जना रहनेछन् । प्रत्येक नगरपालिका वा गाउँपालिकाबाट एक टिमले मात्र सहभागिता जनाउन पाउनेछन् भने सहभागी खेलाडी सम्बन्धित स्थानीय तहकै हुनुपर्नेछ ।
प्रतियोगिताको विजेताले तीन लाख ३३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ७७ हजार ७७७ रुपैयाँ प्राप्त गर्दा सेमिफाइनलसम्म पुग्ने अन्य दुई टिमले जनही एक लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।


त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताले अन्तरपालिका स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा रहेको छ ।

विगत वर्षहरुमा अध्यक्ष कपका नामले सञ्चालन हुने प्रतियोगिता यसवर्षबाट सुनकोसी गाउँपालिका कप भनेर सञ्चालन हुनेछ ।

प्रतियोगिताका लागि पालिकले १५ लाख रकम विनियोजन गरेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ ओखलढुंगामा सात जुवाडे पक्राउ ओखलढुंगामा सात जुवाडे पक्राउ ओखलढुंगा । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई ४२ हजार २० रुपैयाँ नगद... २ ओखलढुंगामा सार्वजनिक यातायातको भाडादर निर्धारण, कहाँकाे कति ? ओखलढुंगामा सार्वजनिक यातायातको भाडादर निर्धारण, कहाँकाे कति ? ओखलढुंगा । ओखलढुंगामा सार्वजनिक यातायात सेवालाई व्यवस्थित बनाउन विभिन्न गन्तव्यको भाडादर निर्धारण गरिएको छ ।जिल्ला प्रशासन कार्यालयमा प्रमुख... ३ ओखलढुंगामा देउवा पक्षको जिल्ला सभापतिमा डेकराज भट्टराई चयन ओखलढुंगामा देउवा पक्षको जिल्ला सभापतिमा डेकराज भट्टराई चयन ओखलढुंगा । नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत ओखलढुंगाको जिल्ला सभापतिमा डेकराज भट्टराई सर्वसम्मत चयन भएका छन् । पार्टीको १५औँ... ४ ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित ओखलढुंगामा व्यावसायिक कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने तीन जना अगुवा कृषकलाई नगदसहित सम्मान गरिएको छ । ४६ औँ... ५ व्याकुल माइला गोल्डकप दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जित्यो व्याकुल माइला गोल्डकप दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जित्यो व्याकुल माइला गोल्डकपको दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह मानेभन्ज्याङ हर्कपुरले जितेको छ । मंगलबार भएको फाइनल खेलमा... ६ मोलुङ १ का निवर्तमान वडाअध्यक्ष कमल बानियाँ जजक आरोपमा पक्राउ ओखलढुंगाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका निवर्तमान वडाअध्यक्ष कमल बहादुर बानियाँ जवरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । नाबालिक...