ओखलढुंगा । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई ४२ हजार २० रुपैयाँ नगद र ताससहित पक्राउ गरेको हो ।
सिद्धिचरण नगरपालिका–१२ जिविस टोलस्थित सुमन किराना पसल तथा होटलमा जुवातास खेलिरहेको गोप्य सूचना पाएपछि बिहीबार दिउँसो प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–११ का नृपध्वज कटवाल, सिद्धिचरण नगरपालिका–१२ का चक्रबहादुर राई र बुद्धिकुमार राई, सिद्धिचरण–९ का हिरा कार्की, सुनकोशी गाउँपालिका–८ का रोहितकुमार कटवाल, सुनकोशी–१० का दण्डी गिरी तथा मोलुङ गाउँपालिका–२ घर भई हाल सिद्धिचरण नगरपालिका–१२ बस्ने डम्बरकुमारी थापा कार्की (संगिता) रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४२ हजार २० रुपैयाँ नगद र तास बरामद भएको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ल्याइएको प्रहरी सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर अधिकारीले जानकारी दिए ।







प्रतिक्रिया