ओखलढुंगामा देउवा पक्षको वडा अधिवेशन सुस्त

भिजन समाचार
भिजन समाचार
२० आश्विन २०८३, मंगलबार
ओखलढुंगामा देउवा पक्षको वडा अधिवेशन सुस्त
२ मिनेट पढाइ

ओखलढुंगा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ओखलढुंगामा शेरबहादुर देउवा पक्षको वडा अधिवेशन प्रक्रिया सुस्त देखिएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज २० गतेभित्र सबै वडाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि जिल्लाका दुई पालिकामा अझै वडा अधिवेशन हुन बाँकी रहेको छ ।

देउवा पक्षले जिल्लाका आठ स्थानीय तहमध्ये छ वटा पालिकामा वडा अधिवेशन सम्पन्न गरेको जनाएको छ । सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकाका वडामा भने अधिवेशन सम्पन्न हुन बाँकी रहेको देउवा पक्षकी केन्द्रीय सदस्य गोमा केसीले जानकारी दिईन्।

देउवा पक्षले गत बिहीबार लिखु गाउँपालिका–८ टारकेराबारीबाट वडा अधिवेशनको औपचारिक सुरुवात गरेको थियो । त्यसपछि जिल्लाका अन्य पालिकामा समेत क्रमशः वडा अधिवेशन सञ्चालन गरिएको हो ।

केन्द्रीय सदस्य केसीका अनुसार कतिपय वडामा सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेकाले निर्धारित समयभन्दा केही ढिलाइ भएको हो । उनले स्थानीय नेता, कार्यकर्ता र प्रतिनिधिहरूबीचको सहमतिका आधारमा वडा नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको बताईन् ।

वडा अधिवेशन मार्फत पार्टीको तल्लो तहको संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने देउवा पक्षको तयारी छ । वडा तहको नेतृत्व चयन सम्पन्न भएपछि पालिका अधिवेशनको प्रक्रिया अघि बढाइने जनाइएको छ ।

देउवा पक्षले वडा, पालिका, क्षेत्र र प्रदेश हुँदै केन्द्रीय तहसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने जनाएको छ । जिल्ला अधिवेशन भने दसैँपछि गर्ने तयारी रहेको केसीले जानकारी दिईन् । देउवा पक्षको महाधिवेशनमा नेता कार्यकर्ताको आकर्षण न्युन देखिन्छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन ओखलढुंगा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि जारी कोशी प्रदेशस्तरीय खेलकुद छनोट प्रतियोगितामा ओखलढुंगाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन... २ खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा प्रवेश गर्नेबित्तिकै पाँच फरक भाषामा स्वागत सन्देश देख्न पाईन्छ । स्थानीय भाषा, लिपि... ३ ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढाउन कोशी प्रदेश... ४ ओखलढुंगामा स्थानीय तह निर्वाचनको तयारी थालियो ओखलढुंगामा स्थानीय तह निर्वाचनको तयारी थालियो ओखलढुंगा । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा मतदानस्थल तथा मतदान केन्द्रको व्यवस्थापन र सिफारिस प्रक्रिया अघि... ५ तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने ओखलढुंगाको सुनकोशी गाउँपालिकामा तीन लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार राशिको ‘सुनकोशी गाउँपालिका कप–२०८३’ आयोजना हुने भएको छ... ६ प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न प्रस्ताव गरेका छन् ।...