रास्वपाको कार्यक्रममा पुगेपछि आलोचित नापीका कम्प्युटर अपरेटरले जागिर छाडे

भिजन समाचार
भिजन समाचार
२७ आश्विन २०८३, मंगलबार
रास्वपाको कार्यक्रममा पुगेपछि आलोचित नापीका कम्प्युटर अपरेटरले जागिर छाडे
२ मिनेट पढाइ

ओखलढुंगा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना खेपेका नापी कार्यालय ओखलढुंगाका कम्प्युटर अपरेटर धीरेन्द्र खड्काले पदबाट राजीनामा दिएका छन्। उनले असोज २७ गते कार्यालय प्रमुखसमक्ष राजीनामा पत्र पेस गर्दै असोज २८ गतेदेखि लागू हुने गरी पद त्यागेको जानकारी गराएका हुन्।

राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारी खड्काले सार्वजनिक कार्यक्रममा सहभागी भई स्थानीयका समस्या तथा नापीसम्बन्धी प्राविधिक जटिलताबारे धारणा राखेपछि विवादमा तानिएका थिए। उक्त कार्यक्रममा उनको सहभागितालाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

राजीनामा पत्रमा खड्काले आफूले लामो समयदेखि सेवाग्राही, सर्वसाधारण तथा स्थानीयवासीका भूमिसम्बन्धी समस्या समाधानका लागि इमानदारीपूर्वक काम गर्दै आएको उल्लेख गरेका छन्। तर, सार्वजनिक कार्यक्रममा स्थानीयका समस्या र जनगुनासाबारे आफ्नो धारणा राखेकै कारण व्यक्तिगत मर्यादा र नैतिक चरित्रमाथि प्रश्न उठाउने तथा विवादमा तान्ने प्रयास भएको उनको दाबी छ।

उनले सरकारी सेवाको मर्यादा र निष्पक्षता कायम राख्नुपर्ने जिम्मेवारीलाई ध्यानमा राख्दै स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, कुनै किसिमको दबाब वा प्रलोभनमा नपरी निर्णय लिएको उनको भनाइ छ।

खड्काले अब सरकारी सेवाको सीमित दायराभन्दा बाहिर रहेर ओखलढुंगावासीको हक, अधिकार, विकास र समृद्धिका लागि पूर्णकालीन रूपमा सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारी कर्मचारीको सार्वजनिक कार्यक्रममा सहभागिता र राजनीतिक गतिविधिसँगको सम्बन्धलाई लिएर प्रश्न उठिरहेका बेला खड्काको राजीनामाले जिल्लामा नयाँ बहस सिर्जना गरेको छ।

राश्वपाको कार्यममा उपस्थित भएकै कारण जागिरबाट नापी कार्यालयका कम्प्युटर अपरेटर खड्काले राजीनामा दिएपनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका सुनकोशी गाउँपालिकाका कर्मचारी अशोक किरण लुइँटेल सगौरव पार्टीकाम गरिरहेका छन् । उनको पनि सामाजिक सञ्जालमा जिल्लाबासीले चर्को आलोचना गरिरहेका छन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ ओखलढुंगाको सुनकोशीका नागरिकलाई केएमसी र नाेबेलमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट हुने ओखलढुंगाको सुनकोशीका नागरिकलाई केएमसी र नाेबेलमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट हुने ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका नागरिकले काठमाडौं र विराटनगरका तीन ठूला अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने... २ ओखलढुंगामा बोलेरो दुर्घटना, नौ जना घाइते ओखलढुंगामा बोलेरो दुर्घटना, नौ जना घाइते ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एक गम्भीरसहित नौ जना घाइते भएका छन् ।... ३ पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै ओखलढुंगामा धर्ना ! पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै ओखलढुंगामा धर्ना ! पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै ओखलढुंगाका पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडी घर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ... ४ ओखलढुंगामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु ओखलढुंगामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु ओखलढुंगामा लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम सहित १६ दिने लैङ्गिक हिंसा उन्मूलन अभियान सुरु गरिएको छ ।... ५ प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न प्रस्ताव गरेका छन् ।... ६ खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा प्रवेश गर्नेबित्तिकै पाँच फरक भाषामा स्वागत सन्देश देख्न पाईन्छ । स्थानीय भाषा, लिपि...