ओखलढुंगामा बोलेरो दुर्घटना, नौ जना घाइते

भिजन समाचार
भिजन समाचार
८ मंसिर २०८३, सोमबार
ओखलढुंगामा बोलेरो दुर्घटना, नौ जना घाइते
२ मिनेट पढाइ

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एक गम्भीरसहित नौ जना घाइते भएका छन् ।

सोमबार बिहान ७ः१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डअन्तर्गत खनेखर्कमा जीप सडकबाट करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–२ का सरोज आचार्य, मीरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, सबिन आचार्य, सात वर्षीय आयुष मंग्राती, सात वर्षीय प्रशान्त रम्तेल, रमिला नेपाली, उनका छ वर्षीय छोरा प्रबिन मंग्राती र मीना मंग्राती घाइते भएका छन् ।

घाइतेमध्ये मीरा सार्कीको अवस्था गम्भीर रहेको छ भने अन्य आठ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोस्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको ११ सदस्यीय प्रहरी टोलीले उद्धार गरेको थियो ।

जीप चालक चिशंखुगढी गाउँपालिका–६ भदौरे निवासी ३२ वर्षीय सबिन मगर दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ भने दुर्घटनाग्रस्त बोलेरो घटनास्थलमै रहेको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन ओखलढुंगा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि जारी कोशी प्रदेशस्तरीय खेलकुद छनोट प्रतियोगितामा ओखलढुंगाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन... २ खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा प्रवेश गर्नेबित्तिकै पाँच फरक भाषामा स्वागत सन्देश देख्न पाईन्छ । स्थानीय भाषा, लिपि... ३ ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढाउन कोशी प्रदेश... ४ प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न प्रस्ताव गरेका छन् ।... ५ ओखलढुंगामा स्थानीय तह निर्वाचनको तयारी थालियो ओखलढुंगामा स्थानीय तह निर्वाचनको तयारी थालियो ओखलढुंगा । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा मतदानस्थल तथा मतदान केन्द्रको व्यवस्थापन र सिफारिस प्रक्रिया अघि... ६ ओखलढुंगामा देउवा पक्षको जिल्ला सभापतिमा डेकराज भट्टराई चयन ओखलढुंगामा देउवा पक्षको जिल्ला सभापतिमा डेकराज भट्टराई चयन ओखलढुंगा । नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत ओखलढुंगाको जिल्ला सभापतिमा डेकराज भट्टराई सर्वसम्मत चयन भएका छन् । पार्टीको १५औँ...