कांग्रेस देउवा पक्षले लिखुबाट थाल्यो वडा अधिवेशन

भिजन समाचार
भिजन समाचार
१५ आश्विन २०८३, बिहिबार
कांग्रेस देउवा पक्षले लिखुबाट थाल्यो वडा अधिवेशन
२ मिनेट पढाइ

ओखलढुंगा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ओखलढुंगामा पार्टीको शेरबहादुर देउवा पक्षले वडा अधिवेशन सुरु गरेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार देउवा पक्षले बिहीबार लिखु गाउँपालिकाबाट वडा अधिवेशनको औपचारिक सुरुवात गरेको हो ।

लिखु गाउँपालिका–८ टारकेराबारीमा वडा अधिवेशन सम्पन्न गर्दै देउवा पक्षले जिल्लामा वडा तहको अधिवेशन प्रक्रिया अघि बढाएको नेपाली कांग्रेस देउवा पक्षकी केन्द्रीय सदस्य गोमा केसीले जानकारी दिइन् ।

उनका अनुसार अधिवेशनबाट गणेश मगरको सभापतित्वमा वडा कार्यसमिति चयन भएको छ । वडा अधिवेशनमा कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहेको केसीले बताइन् ।

उनले संगठनलाई वडा तहबाटै थप सक्रिय र व्यवस्थित बनाउँदै अधिवेशन प्रक्रिया अघि बढाउने बताइन् । केन्द्रीय तहबाट तय गरिएको कार्यतालिका अनुसार असोज २० गतेभित्र जिल्लाका सबै वडाको अधिवेशन सम्पन्न गर्ने देउवा पक्षको तयारी रहेको उनको भनाइ छ ।

वडा अधिवेशन सम्पन्न भएपछि क्रमशः पालिका अधिवेशन गर्ने तयारी गरिएको केसीले बताइन् । वडा तहबाट नेतृत्व चयन गर्दै पालिका, क्षेत्र, प्रदेश र केन्द्रीय तहसम्मको अधिवेशन प्रक्रियालाई अघि बढाउने देउवा पक्षको तयारी छ ।

यसैबीच, ओखलढुंगामा कांग्रेसको गगन थापा पक्षको अधिवेशन प्रक्रिया भने यसअघि नै अघि बढिरहेको छ । वडा तथा पालिका अधिवेशन सम्पन्न भएसँगै क्षेत्रीय, प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानको मतगणना जारी छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको अन्तिम परिणामसमेत सार्वजनिक हुने क्रममा रहेको छ ।

ओखलढुंगामा कांग्रेसको महाधिवेशन अन्तर्गत जिल्लाभर दुई पक्षले छुट्टाछुट्टै संगठनात्मक गतिविधि र अधिवेशन प्रक्रिया अघि बढाएका छन् । देउवा पक्षले लिखुबाट वडा अधिवेशन सुरु गरेसँगै जिल्लामा कांग्रेसको अर्को धारको अधिवेशन प्रक्रिया पनि औपचारिक रूपमा सुरु भएको हो ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने ओखलढुंगाको सुनकोशी गाउँपालिकामा तीन लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार राशिको ‘सुनकोशी गाउँपालिका कप–२०८३’ आयोजना हुने भएको छ... २ ओखलढुंगामा सात जुवाडे पक्राउ ओखलढुंगामा सात जुवाडे पक्राउ ओखलढुंगा । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई ४२ हजार २० रुपैयाँ नगद... ३ ओखलढुंगा प्रशासनमा अभद्र व्यवहारका सात मुद्दा दर्ता ओखलढुंगा प्रशासनमा अभद्र व्यवहारका सात मुद्दा दर्ता जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अभद्र व्यवहारसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन्... ४ आफ्नै भवनमा सब–डिभिजन वन कार्यालयहरू आफ्नै भवनमा सब–डिभिजन वन कार्यालयहरू ओखलढुंगा । ओखलढुंगामा वर्षौँदेखि भाडाका घरबाट सञ्चालन हुँदै आएका सब–डिभिजन वन कार्यालयहरू अब आफ्नै भवनबाट सञ्चालन हुने भएका... ५ ओखलढुंगामा देउवा पक्षको जिल्ला सभापतिमा डेकराज भट्टराई चयन ओखलढुंगामा देउवा पक्षको जिल्ला सभापतिमा डेकराज भट्टराई चयन ओखलढुंगा । नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत ओखलढुंगाको जिल्ला सभापतिमा डेकराज भट्टराई सर्वसम्मत चयन भएका छन् । पार्टीको १५औँ... ६ ओखलढुंगामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ३ सय बढी प्रहरी परिचालन ओखलढुंगामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ३ सय बढी प्रहरी परिचालन ओखलढुंगामा बुधबार देखि विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहार लागयतका...