ओखलढुंगामा स्थानीय तह निर्वाचनको तयारी थालियो

भिजन समाचार
भिजन समाचार
१ मंसिर २०८३, सोमबार
ओखलढुंगामा स्थानीय तह निर्वाचनको तयारी थालियो
२ मिनेट पढाइ

ओखलढुंगा । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा मतदानस्थल तथा मतदान केन्द्रको व्यवस्थापन र सिफारिस प्रक्रिया अघि बढाइएको छ ।

यसैक्रममा सोमबार जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक बसेर जिल्लामा रहेका मतदानस्थल तथा मतदान केन्द्रको अवस्था, उपयुक्तता र आवश्यकताबारे छलफल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको समन्वय तथा जिल्ला निर्वाचन कार्यालयको आयोजनामा बसेको बैठकमा मतदातालाई सहज रूपमा मतदान गर्ने वातावरण निर्माण गर्न आवश्यक व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी एवं सिफारिस समितिका संयोजक टुवराज पोखरेलको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता थियो ।

बैठकमा जिल्लाका विभिन्न स्थानमा मतदानस्थल तथा मतदान केन्द्र थप्नुपर्ने, हेरफेर गर्नुपर्ने वा हाल कायम रहेकै स्थानलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सरोकारवालाले धारणा राखेका थिए । ओखलढुंगामा हाल ८४ वटा मतदानस्थल र १५७ वटा मतदान केन्द्र रहेका छन् ।

केही स्थानमा मतदानस्थल तथा केन्द्र थप वा हेरफेर गर्नुपर्ने आवश्यकता देखिए पनि अधिकांश स्थानमा हाल कायम रहेका मतदानस्थललाई नै प्रभावकारी बनाउने विषयमा राजनीतिक दल तथा सरोकारवालाले जोड दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला निर्वाचन अधिकारी सुनिता अर्यालका अनुसार मतदानस्थल तथा केन्द्र सिफारिस गर्दा मतदाताको सङ्ख्या, भौगोलिक अवस्था, यातायात सुविधा, पहुँचको सहजता, वैकल्पिक मार्ग, भौतिक पूर्वाधार, शान्ति सुरक्षाको अवस्था र मतदानस्थलमै मतगणना गर्न सकिने सम्भावनालाई मुख्य आधार मानिनेछ । सरोकारवालाबीचको सहमतिलाई समेत सिफारिसका क्रममा ध्यान दिइनेछ ।

निर्धारित मापदण्डअनुसार गाउँपालिका तथा नगरपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा मतदानस्थल हुनुपर्ने व्यवस्था छ । सामान्यतया सहरी क्षेत्रमा एकतर्फी दुई किलोमिटर र ग्रामीण क्षेत्रमा चार किलोमिटरभन्दा बढी दूरी नपर्ने गरी मतदानस्थल निर्धारण गर्नुपर्नेछ ।

भौतिक रूपमा जीर्ण वा सुरक्षाका दृष्टिले अनुपयुक्त मतदानस्थललाई सोही वडाभित्रको अर्को उपयुक्त स्थानमा सार्न सकिने व्यवस्था छ । सम्भव भएसम्म खुला चौर तथा धार्मिक स्थलमा मतदानस्थल निर्धारण नगर्ने लगायतका मापदण्डसमेत लागू हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, मतदाता नामावलीअनुसार आफूलाई तोकिएको मतदानस्थल वा केन्द्र अपायक भएमा मतदाताले जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर वा अनलाइन प्रक्रियामार्फत मतदानस्थल तथा केन्द्र सच्याउन सक्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनलाई व्यवस्थित, सहज र सुरक्षित बनाउन मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन र सिफारिस प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने तीन लाख ३३ हजार पुरस्कार राशिको `सुनकोशी गाउँपालिका कप´ मंसिर २१ देखि हुने ओखलढुंगाको सुनकोशी गाउँपालिकामा तीन लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार राशिको ‘सुनकोशी गाउँपालिका कप–२०८३’ आयोजना हुने भएको छ... २ ओखलढुंगामा सात जुवाडे पक्राउ ओखलढुंगामा सात जुवाडे पक्राउ ओखलढुंगा । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई ४२ हजार २० रुपैयाँ नगद... ३ ओखलढुंगा प्रशासनमा अभद्र व्यवहारका सात मुद्दा दर्ता ओखलढुंगा प्रशासनमा अभद्र व्यवहारका सात मुद्दा दर्ता जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अभद्र व्यवहारसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन्... ४ आफ्नै भवनमा सब–डिभिजन वन कार्यालयहरू आफ्नै भवनमा सब–डिभिजन वन कार्यालयहरू ओखलढुंगा । ओखलढुंगामा वर्षौँदेखि भाडाका घरबाट सञ्चालन हुँदै आएका सब–डिभिजन वन कार्यालयहरू अब आफ्नै भवनबाट सञ्चालन हुने भएका... ५ नागरिकको गुनासो सुन्न सफ्टवेयर सञ्चालन ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले अनलाइन सफ्टवेयर मार्फत नागरिकका गुनासो सुन्ने भएको छ । नगरपालिकाले वेवसाइटबाट नागरिकका गुनासो सुन्न ‘गुनासो... ६ ओखलढुंगामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ३ सय बढी प्रहरी परिचालन ओखलढुंगामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ३ सय बढी प्रहरी परिचालन ओखलढुंगामा बुधबार देखि विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहार लागयतका...