ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले अनलाइन सफ्टवेयर मार्फत नागरिकका गुनासो सुन्ने भएको छ । नगरपालिकाले वेवसाइटबाट नागरिकका गुनासो सुन्न ‘गुनासो सिद्धिचरण मेरो पालिका डटकम’ नामक वेवसाइट हालै सञ्चालनमा ल्याएको छ ।
नागरिकका गुनासो सुनेर सेवा प्रवाहलाई प्रभावकारी बनाउन, सुशासन कायम राख्न र विकास निर्माण लगायतमा नागरिकका गुनासो सुनेर सुझाव सहित कार्य सम्पादन गर्नका लागि गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिएको सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेतले बताए ।
वेवसाइटमा गएर नागरिकले सिधै आफ्नो गुनासो राख्न सकिने उपप्रमुख बस्नेतको भनाइ छ । वेवसाइटमा फोन नम्बर पनि राखिएकोले नागरिकले आफ्ना गुनासो फोन मार्फत टिपाउन सक्ने उपप्रमुख बस्नेतले जानकारी दिए ।
जनतालाई नगरपालिकाका सूचना गतिविधिको जानकारी दिन तथा जनताका गुनासो छिटो छरितो सम्बोधन गर्ने उद्देश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया