जजक आरोपित वडाअध्यक्ष भन्छन्-`मलाई फसाइयो, प्रहरीमा हाजिर भएर कानुनी लडाइँ लड्छु´

जजक आरोपित वडाअध्यक्ष भन्छन्-`मलाई फसाइयो, प्रहरीमा हाजिर भएर कानुनी लडाइँ लड्छु´


भिजन समाचार
85.2k
Shares

जबरजस्ती करणीको आरोप लागेका सुनकोशी १० का वडा अध्यक्ष छविरमण धमलाले आफुलाई फसाइएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै धमलाले षड्यन्त्र गरेर आफुलाई फसाइएको दावी गर्दै आफैं प्रहरी र अदालतमा हाजिर भएर कानुनी लडाइँ लड्ने बताएका छन् ।

हेर्नुहोस् धमलाको फेसबुक स्ट्याटस्

विगत केही दिनदेखि म अत्यन्तै ठूलो मानसिक दवावमा रहें ! अप्रत्याशित र अनपेक्षित षड्यन्त्रको दुष्चक्रमा फसाउने कुत्सित उद्देश्यले रचिएको योजना बुझिसकेपछि मैले तत्कालै के निर्णय लिने भन्ने सोच्न सकिँन ! यो दुष्चक्र तोड्नका निमित्त सर्वप्रथम म मानसिक रुपमा तयार हुन केही समय लाग्यो ! यो बिचको समय प्रत्यक्ष रुपमा सबैसँग सम्पर्कमा रहन सकिँन ! जनप्रतिनिधिको हैसियतले सदैव कार्यालयमा हाजिर भएर आम जनताको सेवा गर्ने कार्यतालिका अस्तव्यस्त बन्यो ! मेरो कारणले यहाँहरुलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छु !

जीवनको करिब ४ दशक मेरो उर्वर समय मैले जन्मभूमि मै बिताएँ ! मेरो परिवार सबै बसाई सरेर तराई झर्दा पनि मलाई यहि माटोको मायाले मेरो बाटो मोड्न दिएन ! व्यवहारिक उतरचढावले केही समय देश बाहिर रहँदा पनि जन्मभूमिको मायाले पोलिरह्यो ! फर्किएर जिवनका अनेकौं आरोह अवरोहसँग जुधेर पनि हार नखाइ निरन्तर यहि माटोमा संघर्ष गरिरहें ! अन्ततः केही राजनीति उतरचढाव सँगै यहाँहरुको अपार माया र समर्थनले मलाई जनप्रतिनिधिको रुपमा स्थापित गरायो ! सुनकोसी १० का आम मतदाताले मलाई लगाउनु भएको यो गुण म कदापी भुल्ने छैन ! छातिमा हात राखेर भन्छु यहाँहरुको अमूल्य मतको अवमूल्यन हुन दिने छैन ! यहाँहरुको शुभेच्छा र आशीर्वाद सदैव मेरो शिरमा रहने छ ! तपाईंहरुबाट प्राप्त हुने माया र आशीर्वाद कायम रहेसम्म जस्तोसुकै षड्यन्त्र र दुष्चक्र पनि तोड्ने अदम्य साहस बोकेको छु !

पछिल्लो समयमा घटित परिघटनाका केही अदृश्य खेलहरु नजिकबाट नियालिरहेको छु ! पारिवारिक द्वन्द र राजनीतिक प्रतिशोध साँध्न म माथी लगाइएको गम्भीर आरोपको एक दिन पटाक्षप भएरै छोड्ने छ ! योजनाबद्द ढंगबाट सामाजिक संजाल मार्फत गरिएको ब्ल्याक मेलिङ्लाई वेवास्ता गरि मबाट हुन गएको प्राविधिक त्रुटिलाई हतियार बनाएर गरिएको षड्यन्त्रलाई डटेर सामना गर्ने हिम्मत जुटाएको छु ! पक्कै एकदिन सत्य र न्यायको पक्षमा अवश्य फैसला हुनेछ ! त्यो दिन मेरो पक्कै आउने छ, जुन दिन पर्दा अगाडि र पछाडीबाट मेरो राजनीतिक जीवन समाप्त गर्न अहोरात्र खट्नुहुने तमाम व्यक्तिहरुसँग अवश्य भेट हुने नै छ ! अनुसन्धानका क्रममा मेरा आफन्त, शुभचिन्तक, शुभेच्छुक एवं मतदाताहरुलाई धैर्य र संयमित रहिदिनुहुन अनुरोध गर्दछु ! सत्यले जितेको दिन तपाईंहरुको आशीर्वाद ग्रहण गर्न म तपाईंहरुकै घरदैलोमा उपस्थित हुनेछु !

अन्त्यमा: एक जिम्मेवार नागरिक र जनप्रतिनिधिको हैसियतले कानुनलाई सघाउन म आफै जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा र सम्मानित अदालतमा हाजिर हुने निर्णय गरेको छु ! आफूमाथी लागेको यो गम्भीर आरोपलाई गलत पुष्टि गर्न कानुनी लँडाइ लड्नेछु ! राजनीतिक अभिष्ट पूरा गर्न गरिएको दुष्चक्र र षड्यन्त्रको डटेर सामना गर्नेछु !!

म लडेको हो, मरेको छैन !! धन्यवाद

छविरमण धमला
सुनकोसी १०, ओखलढुंगा