ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलालाई जबरजस्ती करणीको आरोप लागेको छ । वडा अध्यक्ष धमलाले आफुलाई जबरजस्ती करणी गरेको भन्दै एक २५ बर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा असोज ५ गते मुद्वा दर्ता गरेकी हुन् ।
मुद्वा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार ओखलढुंगा जिल्ला अदालतबाट वडा अध्यक्ष धमलालाई पक्राउ गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनलाई गिरफ्तार गर्ने तयारी गरेको छ ।
धमला मोवाइल अफ गरेर सम्पर्क विहिन बनेका छन् ।
प्रतिक्रिया