पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै ओखलढुंगाका पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडी घर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा बुधवार जिल्ला शाखाका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि ११ बजेदेखि १२ बजेसम्म एक घण्टा सामूहिक गिरफ्तारीको माग गर्दै धर्ना दिएका हुन् ।
सरकारले पत्रकारहरुमाथि अनावश्यक रुपमा पक्राउ गर्ने गरेको, सञ्चारगृहका अगाडि सवारी साधन तेस्र्याउने, पत्रकार मैत्री कानुन ल्याउन नचाहने जस्ता विषयलाई लिएर नेपाल पत्रकार महासंघले तय गरेको सामूहिक गिरफ्तारीको माग गर्दै पत्रकारहरु जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
सरकारले सञ्चारकर्मीहरुमाथि गरेको दमन तथा धरपकडका विरुद्धमा नेपाल पत्रकार महाखसंघले केन्द्रले तय गरेको आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुलाई सामूहिक गिरफ्तारीको माग गर्दै आन्दोलनको गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखाका उपाध्यक्ष रविन श्रेष्ठले बताए । जिल्लाका शाखाका पदाधिकारी तथा जिल्लाका क्रियाशील पत्रकार धर्नामा सहभागी थिए ।








प्रतिक्रिया