नेपाल टेलिकम दूरसञ्चार कार्यालय ओखलढुंगाले एक वर्षको अवधिमा १८८ घरधुरीमा अप्टिकल फाइबर सेवा विस्तार गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा उक्त संख्यामा घरमा अप्टिकल फाइबर जडान गरिएको हो ।
यो सँगै नेपाल टेलिकम ओखलढुंगा शाखाका सूचना अधिकारी रामनाथ महर्जनका अनुसार हालसम्म जिल्लाभर १ हजार ४० घरधुरीमा फाइबर सेवा विस्तार भइसकेको छ ।
बिगतको तुलनामा फाइबर सेवा लिने ग्राहकको संख्या बढ्दै गएको महर्जनले बताए । इन्टरनेटको माग बढेसँगै सेवा विस्तारमा पनि तीव्रता दिइएको उनको भनाई छ ।
जिल्लाको बिगुटार, रुम्जाटार, हर्कपुर, रामपुर, मानेभञ्ज्याङ, धाप, ठाडे र ओखलढुंगा सदरमुकाम लगायतका क्षेत्रमा फाइबर सेवा पु¥याइएको छ ।
यसैगरी सुनकोशी गाउँपालिका, सिद्धिचरण नगरपालिकाको सल्लेरी, बेतिनी र जन्तरखानी क्षेत्रमा छिट्टै फाइबर सेवा विस्तार गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
नेपाल टेलिकम ओखलढुंगा कार्यालय अन्तर्गत सोलुखुम्बु जिल्लामा २ हजार १२७, खोटाङमा ९६७ र ओखलढुंगामा १ हजार ४० घर गरी हालसम्म कुल ४ हजार १३४ घरमा फाइबर सेवा विस्तार भइसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया