मानेभञ्ज्याङमा ‘माटो’ पहिलो

भिजन समाचार
44
Shares

प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाको मानेभञ्ज्याङमा माटोले पहिलो भोट ल्याएको छ । ओखलढुंगाका ८ स्थानीय तहमध्ये अन्य पालिकामा सिमित मत ल्याएको हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले मानेभञ्ज्याङमा २ हजार १ सय ८६ मत ल्याएको हो ।

नेपाली कांग्रेसको गढ मानिने मानेभञ्ज्याङमा कांग्रेसले १ हजार ६ सय ९० मत ल्याएको छ । कांग्रेसको भन्दा श्रम संस्कृति पार्टीले ४ सय ९६ मत बढी ल्याएको हो ।

श्रम संस्कृतिले ओखलढुंगामा मानेभञ्ज्याङका डा. उद्धब राईलाई उम्मेद्वार बनाएको थियो । उनले आफ्नो पालिकामा अरु भन्दा बढी भोट ल्याएका हुन् ।

कूल ७८७४ मत खसेको मानेभञ्ज्याङमा माटोले २१८६ ल्याउँदा, रुखले १६९०, घण्टीले १५६५, सूर्यले ९२१, ताराले ७९८, चिमले ८९ चालेले ६०, समृद्धिले ३३, जातोले ३२, हलोले १२, कैँचीले ८, क्यामेराले ७, घोडाले ५, मादलले ४, गिलासले ४ मत ल्याएको छ । यो पालिकामा ४ सय ५८ मत बदर भएको छ ।

१३ हजार ९ सय ५३ मत ल्याएर राश्वपाका विश्वराज पोखरेल विजयी हुँदा श्रम संस्कृति पार्टीका उम्मेदवार डा उद्धव राईले जिल्लाभरबाट ३ हजार ८ सय ५८ मत ल्याएका छन् ।