नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुंगा जिल्ला विकास समितिका पूर्व सभापति एवं नेपाली कांग्रेसका पुराना नेता कोर्मोचाको उपचारका क्रममा गएराती विएण्डवी अस्पतालमा निधन भएको हो । वि.सं. २००८ साल असार १८ गते ओखलढुंगाको खिजीचण्डेश्वरीमा जन्मनु भएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका जिवित नेता मानिन्थे उनले नेपाली राजनीतिको लामो समय योगदान…