युगकवि सिद्धिचरण श्रेष्ठको ११४ औं जन्मजयन्ती आज ओखलढुंगामा मनाइएको छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि श्रेष्ठको योगदानलाई स्मरण गर्दै वि.सं. १९६९ साल जेठ ९ गते सिद्धिचरण श्रेष्ठ जन्मिएको ठाउँ सिद्धिचरण नगरपालिका–१२ मा विविध साहित्यिक कार्यक्रम गरेर उनको ११४ औं जन्मजयन्ती मनाइएको हो । निर्माणाधिन सिद्धिचरण पार्कमा युगकविको जन्मजयन्तीका अवसरमा कविता प्रतियोगिता, साहित्यिक विमर्श…