ओखलढुंगामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

सडक नाटक र सचेतनाका कार्यक्रम गरिने

भिजन समाचार
भिजन समाचार
१० मंसिर २०८३, बुधबार
ओखलढुंगामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
१ मिनेट पढाइ

ओखलढुंगामा लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रम सहित १६ दिने लैङ्गिक हिंसा उन्मूलन अभियान सुरु गरिएको छ । बुधबार जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै अभियानको थालनी गरिएको हो ।

जिल्लामा यस बर्ष ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहिनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित अभियानको अवसरमा सचेतनामूलक कार्यक्रम थालिएको छ ।

लैङ्गिक हिंसा न्यूनिकरणका लागि परिवार, विद्यालय, स्थानीय तह र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता तामाङले बताइन् । यस बर्ष पनि लैङ्गिक हिंसा न्युनकिरणका लागि विद्यार्थी लक्षित कार्यक्रम गर्ने नगरपालिकाको योजना छ ।

नगरपालिकाको अगुवाईमा सञ्चालन हुने कार्यक्रममा सहयोगी हातहरुको समूह (सहास नेपाल) र ओखलढुंगा एकिकृत विकास समाज नेपाल ३० हजार र समुदायमा आधारित समावेशी विकास परियोजना (सिबिआइडी) ले ३० हजार आर्थिक सहयोगसँगै कार्यक्रममा समन्वय गर्नेछन् भने नगरपालिकाले ७० हजार विनियोजन गरेको जनाएको छ । अन्य निकायले पनि जिम्मेवारी अनुसार समन्वय गर्नेछन् ।

बुधबार सिद्धिचरण नगरपालिका मेयर तेजन खनालको प्रमुख आतिथ्यता र उपमेयर केदारबाबु बस्नेतको अध्यक्षतामा बसेको बैठकले १६ दिनसम्म विद्यालय, समुदाय र सार्वजनिक स्थलमा सचेतना, सडक नाटक प्रदर्शन, अभिमुखीकरण, जानकारीमूलक प्रस्तुति गर्ने लगायतका निर्णय गरेको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अर्थात मंसिर ९ गते देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गर्ने नगरपालिका र अन्य स्थानीय तहले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ ओखलढुंगाको सुनकोशीका नागरिकलाई केएमसी र नाेबेलमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट हुने ओखलढुंगाको सुनकोशीका नागरिकलाई केएमसी र नाेबेलमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट हुने ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका नागरिकले काठमाडौं र विराटनगरका तीन ठूला अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने... २ ओखलढुंगामा बोलेरो दुर्घटना, नौ जना घाइते ओखलढुंगामा बोलेरो दुर्घटना, नौ जना घाइते ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एक गम्भीरसहित नौ जना घाइते भएका छन् ।... ३ खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत खिजिदेम्बा प्रवेशद्वारमा पाँच भाषामा स्वागत ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा प्रवेश गर्नेबित्तिकै पाँच फरक भाषामा स्वागत सन्देश देख्न पाईन्छ । स्थानीय भाषा, लिपि... ४ कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन कोशीमा ओखलढुंगाका खेलाडीको उत्कृष्ट प्रदर्शन ओखलढुंगा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि जारी कोशी प्रदेशस्तरीय खेलकुद छनोट प्रतियोगितामा ओखलढुंगाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन... ५ प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाको प्रस्ताव काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न प्रस्ताव गरेका छन् ।... ६ ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण प्रक्रिया अघि बढाउने सहमति ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढाउन कोशी प्रदेश...