ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित

भिजन समाचार
भिजन समाचार
१९ कार्तिक २०८३, बुधबार
ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित
२ मिनेट पढाइ

ओखलढुंगामा व्यावसायिक कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने तीन जना अगुवा कृषकलाई नगदसहित सम्मान गरिएको छ । ४६ औँ विश्व खाद्य सुरक्षा दिवसको अवसरमा कृषि ज्ञान केन्द्र ओखलढुंगाले तीन जना कृषकलाई जनही १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।


‘पोषण सुरक्षाका लागि नवप्रवर्तन’ भन्ने मूल नाराका साथ आयोजित दिवस विशेष कार्यक्रममा व्यावसायिक कृषि कर्ममार्फत सकारात्मक परिवर्तन ल्याउन सफल कृषकलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख पेशल खतिवडाले बताए ।


कृषकलाई प्रोत्साहन गर्दै कृषि पेसालाई थप व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले सम्मान गरिएको उनको भनाइ छ ।
सम्मानित हुने उत्कृष्ट कृषकमा व्यवसायिक सिताके च्याउ खेती गर्दै आएकी यामुना कृषि तथा पशुपंछी फार्म सिद्धिचरण नगरपालिका–५ ओखलढुंगाकी सञ्चालक पूर्णमति चौलागाई, व्यावसायिक अदुवा–बेसार मसला बाली गर्दै आएकी चेलीबेटी लद्यु उद्योग चिसंखुगढी गाउँपालिका–३ की सञ्चालक सारादा भट्टराई र अर्गानिक कफि खेती सञ्चालन गरिरहेका रेन फरेस्ट अर्गानिक बिन्स प्रालिका सिद्धिचरण नगरपालिका–१२ का सञ्चालक रामरत्न शाक्य रहेको छन् । फरक–फरक कृषि उत्पादनमा सक्रिय यी कृषकले जिल्लामा व्यावसायिक कृषि प्रवद्र्धनमा योगदान पु¥याउँदै आएका छन् ।


सम्मानित कृषकहरूले कृषि उत्पादनलाई उचित बजार व्यवस्थापन गर्न सके गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाएका छन् । कृषि उत्पादन बढाउनुका साथै अनुदान र उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिन सके कृषि पेसालाई आयआर्जनको भरपर्दो माध्यम बनाउन सकिने उनीहरूको अनुभव छ ।


कृषि क्षेत्रको विकास, खाद्य सुरक्षाको सुनिश्चितता र कृषकको आर्थिक अवस्था सुधार गर्न व्यावसायिक खेतीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको सन्दर्भमा दिवसका अवसरमा उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो ।
कृषक सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल, सहायक प्रमुख जिल्ला अधिकारी भुवनेश्वर लामिछाने, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, अगुवा कृषक र अन्य सरोकारवालाको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिन्छ।

१ ओखलढुंगामा सार्वजनिक यातायातको भाडादर निर्धारण, कहाँकाे कति ? ओखलढुंगामा सार्वजनिक यातायातको भाडादर निर्धारण, कहाँकाे कति ? ओखलढुंगा । ओखलढुंगामा सार्वजनिक यातायात सेवालाई व्यवस्थित बनाउन विभिन्न गन्तव्यको भाडादर निर्धारण गरिएको छ ।जिल्ला प्रशासन कार्यालयमा प्रमुख... २ मोलुङ १ का निवर्तमान वडाअध्यक्ष कमल बानियाँ जजक आरोपमा पक्राउ ओखलढुंगाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका निवर्तमान वडाअध्यक्ष कमल बहादुर बानियाँ जवरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । नाबालिक... ३ ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित ओखलढुंगामा व्यावसायिक कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने तीन जना अगुवा कृषकलाई नगदसहित सम्मान गरिएको छ । ४६ औँ... ४ ओखलढुंगामा पूर्ण खोप कार्यक्रमका लागि घरधुरी सर्वेक्षण गरिने ओखलढुंगामा पूर्ण खोप कार्यक्रमका लागि घरधुरी सर्वेक्षण गरिने ओखलढुंगामा पूर्ण खोप घोषणा कार्यक्रमलाई निरन्तरता दिन आगामी मंसिरदेखि घरधुरी सर्वेक्षण गरिने भएको छ । स्वास्थ्य कार्यालय रुम्जाटारले... ५ व्याकुल माइला गोल्डकप दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जित्यो व्याकुल माइला गोल्डकप दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जित्यो व्याकुल माइला गोल्डकपको दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह मानेभन्ज्याङ हर्कपुरले जितेको छ । मंगलबार भएको फाइनल खेलमा... ६ पोकली झरनामा युवाले राखे सचेतना बोर्डः सहजता, सुरक्षा र मार्गनिर्देशनमा जोड पोकली झरनामा युवाले राखे सचेतना बोर्डः सहजता, सुरक्षा र मार्गनिर्देशनमा जोड ओखलढुंगाको पर्यटकीय गन्तव्य पोकली झरना क्षेत्रमा स्थानीय युवाले विभिन्न स्थानमा सचेतना बोर्ड राखेका छन् । पर्यटकको सहजता, सुरक्षा...