ओखलढुंगा । जिल्लाका दुई जना वडा अध्यक्ष कार्यकाल सकिन करिब एक वर्ष बाँकी रहँदै पदबाट राजीनामा दिएर विदेशिएका छन् ।
चम्पादेवी गाउँपालिका–९ का वडा अध्यक्ष उच्च शिक्षा तथा रोजगारीका लागि जापान गएका हुन् । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । कार्यकाल पूरा हुनुअघि नै उनले पदबाट राजीनामा दिएको गाउँपालिकाले जनाएको छ ।
यसअघि केही साताअघि सुनकोशी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्दराम तामाङ पनि रोजगारीका लागि अस्ट्रेलिया गएका थिए । तामाङ २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट लगातार वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया