काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।
सरकारको निर्णयअनुसार अब यो व्यवस्था सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुनेछ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त निर्णय चैत महिनाको सोमबारदेखि लागू हुनेछ । सरकारले इन्धन खपत घटाउने तथा वैकल्पिक व्यवस्थापनलाई सहज बनाउन यो कदम चालेको जनाएको छ ।

प्रतिक्रिया