नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का,उपाध्यक्ष कमल न्यौपाने,सचिव अशोक थापासहितको टिम नेकपामा समाहित भएको हो ।
प्रतिनिधि सभाको टिकट दाबी गरेका अम्बिरबाबु गुरुङलाई नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका थिए ।
गुरुङ नेकपामा गएर उम्मेदवार बनेपछि उनीनिकट जिल्ला कमिटीका पदाधिकारी पनि नेकपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गरेका थिए ।
पार्टीको पदिय जिम्मेबारीबाट ३८ जनाले राजीनामा दिएका थिए । पदिय जिम्मेवारीबाट राजिनामा दिएपनि अध्यक्षसहितका पदाधिकारी र केही नेता अर्को पार्टीमा प्रवेश गरेका बाहेक अरुले पार्टी परित्याग नगरेको बताइएको छ ।

प्रतिक्रिया