तेस्रोलिंगी पिंकी राई ओखलढुंगाबाट चुनावी मैदानमा

भिजन समाचार
282
Shares

प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट तेस्रोलिंगी उम्मेदवार पिंकी राई पनि चुनावी मैदानमा छन् । समावेशी समाजवादी पार्टीबाट उम्मेदवार बनेकी राई ओखलढुंगाकी पहिलो तेस्रोलिंगी उम्मेदवार हुन् ।

उनको उम्मेदवारीले जिल्लामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई थप उजागर गरेको छ । लामो समयदेखि बहिष्करण र विभेद भोग्दै आएको समुदायको आवाज संसद्मा पुर्‍याउने उद्देश्यले आफू चुनावी मैदानमा उत्रिएको राईले बताएकी छन् ।

राईको उम्मेदवारीलाई समावेशी र प्रतिनिधिमूलक राजनीतितर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । समावेशी समाजवादी पार्टीले देशभरका छ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको जनाएको छ ।