ओखलढुंगा एमालेमा संकट: जिल्ला कमिटी नै नेकपामा लैजाने अम्बिरबाबुकाे घोषणा

भिजन समाचार
3.6k
Shares

नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका पूर्वमन्त्री अम्बिरबाबु गुरुङले एमाले ओखलढुंगाको सिंगो जिल्ला कमिटी नै नेकपामा समाहित गराउने घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित अगुवा नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै गुरुङले केहि दिनमा जिल्ला कमिटीका सम्पूर्ण सदस्यलाई सामूहिक रूपमा नेकपामा प्रवेश गराउने घेषणा गरेका हुन् ।

एमाले जिल्ला कमिटीले गुरुङ लगायत पाँच जनाकाे नाम उम्मेदवारका लागि सिफारिस गरे पनि अध्यक्ष केपी ओलीले अस्मिता थापालाई टिकट दिएपछि गुरुङ असन्तुष्ट बनेका थिए । जिल्ला कमिटीले समेत साे निर्णयकाे विराेध गरेकाे थियाे । प्रतिनिधी सभाका लागी गुरुङ नेकपाबाट उम्मेदवार बनेका छन् ।

काेशी प्रदेश सरकारकाे पुर्व भाैतिक पुर्वाधारमन्त्री गुरुङले लामो समयदेखी एमालेमा बलियो राजनीतिक पकड बनाएका छन् । गुरुङको पार्टी परिवर्तनसँगै एमाले गम्भीर संकटमा फसेको छ । चुनावी समीकरण एकाएक उल्टिँदा जिल्लाको राजनीति नयाँ मोडमा पुगेको छ ।

कांग्रेसको असन्तुष्ट पक्षले समेत गुरुङलाई समर्थन गर्ने तयारी रहेकाे बुझिएको छ भने जनता समाजवादी पार्टी नेपाल (जसपा) ले यसअघि नै समर्थन घोषणा गरिसकेको छ । ओखलढुंगाको चुनाव अब प्रतिस्पर्धा होइन, ध्रुवीकरणको दिशातर्फ तीव्र रूपमा अगाडि बढेको संकेत देखिएको छ ।