आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि श्रम संस्कृति पार्टी ओखलढुंगाले डा. उद्धव राईलाई उम्मेदवार चयन गरेको छ । पार्टी केन्द्रिय अध्यक्ष हर्क साम्पाङले डा. राईलाई टिकट दिई उम्मेदवार घाेषणा गरेका हुन् ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ निपने स्थायी घर भएका डा. राईलाई उम्मेदवार बनाउने निर्णय भएको श्रम संस्कृति पार्टी ओखलढुंगा जिल्ला कार्यसमिति अध्यक्ष दर्बराज राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार डा. राईको उम्मेदवारीले देशमा व्याप्त बेथिति र विकृति अन्त्य गर्दै भ्रष्टाचार विरुद्ध सशक्त अभियान सञ्चालन हुने विश्वास पार्टीले लिएको छ । योग्य, इमानदार र जनतासँग प्रत्यक्ष जोडिएको नेतृत्वमार्फत सुशासन स्थापना गर्ने लक्ष्यसहित पार्टी अगाडि बढेको उनको भनाइ छ ।
श्रम, उत्पादन र स्वाभिमानको राजनीति गर्ने प्रतिबद्धता सहित चुनावी मैदानमा उत्रिएका डा. राईको उम्मेदवारीले ओखलढुंगाको राजनीतिक बहसलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ । श्रम संस्कृति पार्टीकाे जिल्लामा संगठन विस्तार भइरहेकाे श्राेतले जनाएकाे छ ।

प्रतिक्रिया