ओखलढुंगामा राष्ट्रिय परिवर्तन पार्टीबाट भूपाल राई चुनाव लड्ने

भिजन समाचार
112
Shares

जेनजी अगुवा भूपाल राईले ओखलढुंगामा राष्ट्रिय परिवर्तन पार्टीबाट चुनाव लड्ने भएका छन् । पार्टीले ओखलढुंगा सदरमुकाममा पहिलो साधारणसभा गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राईलाई उम्मेद्वार बनाएको हो ।


जेनी अगुवा अजय राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेनजी अगुवा भूपाल राई, जेन्जी युनाइटेड मोमरन्ट फर परिवर्तनका प्रतिनिधि निशा बुढा मगरलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले देशको वर्तमान अवस्थाबाट निकासका लागि अब नयाँ पुस्ता अर्थात् ‘जेन्जी’ को नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए ।

भ्रष्टाचार शून्य गर्ने, सुशासन स्थापना गर्ने र देश निर्माणको अभियानमा युवाहरु एकजुट भएर अघि बढ्ने बताएका थिए ।
भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका युवाको सपना पुरा गर्न र घाइतेको उचित न्यायका लागि पनि पार्टीले योजनवद्ध रुपमा काम गर्ने जेनजी अगुवाहरुले बताएका छन् । साधारण सभामा स्थानीय युवाहरू, समर्थक तथा पार्टी कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।