श्रम संस्कृति पार्टी ओखलढुंगाले यही पौष १२ गते शनिबार जिल्ला सदरमुकाममा बृहत् आमसभा आयोजना गरेको छ । सिद्धिचरण नगरपालिका–१२ मा रेडक्रस अगाडिको प्राङ्गणमा हुने आमसभालाई पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आमसभाको तयारीका लागि मञ्च निर्माण लगायत प्रचारप्रसारकाे काम भइरहेको पार्टीका जिल्ला संयोजक दर्बराज राईले जानकारी दिए । जनतासँग प्रत्यक्ष भेटघाट गर्दै राजनीतिक जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले केन्द्रीय नेतृत्वको उपस्थितिमा बृहत् आमसभा गर्न लागिएको संयाेजक राईले बताए ।
आमसभा अघि सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहने कार्यक्रम तय गरिएको राईले जानकारी दिए । आमसभामा बृहत सहभागिता रहने अनुमान गरिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया