ओखलढुंगाबाट एमालेको केन्द्रीय सदस्यमा ५ र आयोगको सदस्यमा १ जना उम्मेदवार

भिजन समाचार
1k
Shares

नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा ओखलढुंगाका ५ जना नेताले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । निवर्तमान केन्द्रीय सदस्य द्धोय यज्ञराज सुनुवार र किशोर अधिकारी, प्रदेश कमिटी सचिवालय सदस्य अम्बिरबाबु गुरुङ, जिल्ला कमिटी उपसचिव अस्मिता थापा, जिल्ला कमिटी सदस्य जेनु कालिकोटेले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

ओखलढुंगाकै नेता नवराज श्रेष्ठले केन्द्रीय अनुशासन आयोगको सदस्यमा उम्मेदवारी दिएका छन् ।

सुनुवार र अधिकारी खुलामा गुरुङ आदिवासी जनजाति समूहमा, थापा खुला महिला समूह र जेनु कालिकोटे खुला दलितबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् ।

सुनुवार र थापा केपी शर्मा ओली समूहबाट, गुरुङ र कालीकोटे ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका छन् ।

किशोर अधिकारी कुनै टिममा परेका छैनन् ।