प्रतिनिधि छनौट र भागबन्डामा असहमति जनाउँदै एमालेका खिजीदेम्बा अध्यक्षले दिए पदबाट राजिनामा

भिजन समाचार
852
Shares

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचन र भागबन्डामा असहमति जनाउँदै खिजीदेम्बा गाउँपालिका कमिटीका अध्यक्षले पदबाट राजिनामा दिएका छन् । एकपक्षले सदरमुकाममा मतदान गरेर प्रतिनिधि घोषणा गरेको र अर्को पक्षले भागबन्डामा सहमति जनाएको भन्दै त्यसको विरोधमा खिजीदेम्बा गाउँपालिका कमिटी अध्यक्ष तिलक सुनुवारले पदबाट राजिनामा दिएका हुन् ।

सुनुवारले केन्द्रको निर्देशन अनुसार जिल्ला कमिटीले खिजीदेम्बासहितका ठाउँका मतदातालाई पायक पर्ने ठाउँमा मतदान गराउन नसकेको र संगठन विभागले पुनः मतदान गर्न केही नेताहरुलाई जिम्मेवारी तोकेको भएपनि त्यसो नगरी कार्यकर्ताको भावना विपरित भागबन्डा गरेकोमा असहमति जनाउँदै पदबाट राजिनामा दिएको सुनुवारले सामाजिक सञ्जाल मार्फत लेखेका छन् ।

यस्तो छ सुनुवारले लेखेको राजीनामा पत्र:

Screenshot