ओखलढुंगा एमालेमा १२ महाधिवेशन प्रतिनिधिका लागि ४१ जनाको उम्मेदवारी दर्ता

भिजन समाचार
788
Shares

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्न ओखलढुंगाबाट ४१ जनाले उम्मेदवारी गर्दा गरेका छन् । जिल्लाबाट प्रतिनिधित्व हुने १२ पदका लागि ४१ जनाले उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समितिका अनुसार खुला ६ पदमा २३, महिला ४ पदमा १०, युवा १ पदमा ६ र दलित १ पदमा २ जनाले उम्मेदवारी दिएका हुन् ।

ओखलढुंगाबाट यसअघि शिर्ष नेताहरु नै सहमति गरेर प्रतिनिधि बन्ने गरेकोमा यसवर्ष आकांक्षी धेरै भएकाले सहमतिको सम्भावना न्यून छ । यद्यपि सहमति जुटाउने प्रयास भईरहेको पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख राजिव कट्वालले बताए ।

सहमति नभए १३ गते महाधिवेशन प्रतिनिधि चयनका लागि जिल्ला भरका एमालेका संगठित सदस्यहरुले मतदान गर्नेछन् ।