कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

भिजन समाचार
18
Shares

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ ।

कांग्रेस नेता रामहरि खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए ।

उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।