नेपाल विद्यार्थी संघ (नेविसंघ) ओखलढुंगाको अध्यक्षमा हरिचन्द्र श्रेष्ठ मनोनयन भएका छन् । नेविसंघ केन्द्रीय कार्य समितिले ओखलढुंगाको अध्यक्षमा श्रेष्ठलाई मनोनयन गरेको हो ।
आगामी तीन महिना भित्र नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्न श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । विगत केही समय देखि अध्यक्ष पद रिक्त थियो । श्रेष्ठ उपाध्यक्ष थिए । सुनकोशी गाउँपालिका–४ का श्रेष्ठ नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् ।

प्रतिक्रिया