बेतिनीका तत्कालिन प्रधानपञ्च धमलाको निधन

बेतिनीका तत्कालिन प्रधानपञ्च धमलाको निधन


भिजन समाचार
28.3k
Shares

ओखलढुंगाको बेतिनीका तत्कालिन प्रधानपञ्च तथा समाजसेवी डण्डीप्रसाद धमलाको निधन भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–१० बेतिनीका तत्कालिन गाउँ पञ्चायतका प्रधानपञ्च धमलाको ९५ बर्षको उमेरमा बैशाख २७ गते शनिबार निधन भएको हो ।

पञ्चायतकालका वडा अध्यक्ष, अध्यक्ष, उप–प्रधानपञ्च हुँदै प्रधानपञ्च बनेका उनले गाउँको भौतिक, सामाजिक र शैक्षिक विकासमा योगदान गरेका थिए । बेतिनिको पुन्यमाता माध्यमिक विद्यालयका संस्थापक रहेका उनी पटक–पटक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्दै शैक्षिक सुधारमा पनि सहयोग गरेका थिए ।

वि.सं १९८७ सालमा बुबा तुलसीराम धमला र आमा पवित्रा धमलाको कोखबाट जन्मेका उनले बेतिनीको विकासका लागि नेतृत्वदायी भूमिका खे्ल्दै महत्वपुर्ण कामहरु गरेका थिए । 

स्व. धमलाको हिन्दु धर्म संस्कार अनुसार शनिबार नै दाह संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।