संगठन सुदृढिकरण गर्न जिल्ला जिल्लामा कांग्रेसको अन्तरक्रिया

संगठन सुदृढिकरण गर्न जिल्ला जिल्लामा कांग्रेसको अन्तरक्रिया


भिजन समाचार
1.8k
Shares

नेपाली कांग्रेसको संगठन सुदृढिकरणका लागि ओखलढुंगामा प्रदेश स्तरिय अन्तरक्रिया गरिएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजनामा संगठन सुदृढिकरणका लागि संगठनको वर्तमान अवस्था, चुनौती र निराकरणका उपाय विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

नेपाली कांग्रेस कोशी प्रदेश संगठन प्रमुख मदन संग्रौलाको अध्यक्षतामा बिपी स्मृति भवन रामबजारको सभा हलमा भएको कार्यक्रममा पार्टी र संगठनलाई सुदृढ बनाउने बिषयमा छलफल भएको थियो । छलफलमा नेता संग्रौलाले राजनीतिक भनेको निस्वार्थ सामाजिक सेवा भएकोले राजनीति, राष्ट्र र जनताप्रति उत्तरदायि हुनुपर्ने बताएका छन् ।

कांग्रेसप्रति नागरिकको ठुलो भरोसा रहेको उल्लेख गर्दै उनले गाउँ गाउँमा जनतासँग जोडिएर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा पार्टीको संगठन सुदृढीकरणका बिषयमा पार्टीका क्षेत्रिय कार्यसमिति, जिल्ला स्थित पार्टीका पदाधिकारी, पालिका तथा वडा सभापतिहरुले धारणा राखेको नेपाली कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले जानकारी दिए ।

कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश कमिटिका सदस्यहरु, जिल्ला पदाधिकारीहरु, महिला संघका पदाधिकारीहरु, क्षेत्रिय पदाधिकारीहरु, नगर र गाउँ सभापतिहरु, वडा सभापतिहरु, क्षेत्रिय प्रतिनिधिहरु,तरुण दलका पदाधिकारीहरु, नेविसंघ पदाधिकारीहरु लगायतको सहभागिता थियो ।