जसपा नेपाल ओखलढुंगाको अध्यक्षमा प्रकाश तामाङ निर्वाचित

जसपा नेपाल ओखलढुंगाको अध्यक्षमा प्रकाश तामाङ निर्वाचित


भिजन समाचार
2.9k
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपाल ओखलढुंगाको अध्यक्षमा प्रकाश तामाङ निर्वाचित भएका छन् । ओखलढुंगा सदरमुकाममा सम्पन्न जिल्ला अधिवेशन बाट तामाङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा तिर्थ तामाङ, सचिवमा पासाङ निमा शेर्पा र उपसचिवमा चमर राई र निर्मल सुनुवार निर्वाचित भएका छन् । जसपा नेपालको २१ सदस्यीय जिल्ला कार्य समिति बनेको छ । पार्टीकाे केन्द्रिय सचिव लाक्पा शेर्पाकाे प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएकाे छ ।