ओखलढुंगाका लागि योजना माग गर्न प्रदेश मन्त्रालय पुगे जिसस प्रमुख भट्टराई

ओखलढुंगाका लागि योजना माग गर्न प्रदेश मन्त्रालय पुगे जिसस प्रमुख भट्टराई


भिजन समाचार
3.6k
Shares

ओखलढुंगाका लागि योजना माग गर्न जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई विभिन्न मन्त्रालयमा पुगेका छन् । पाचौँ जिल्ला सभाले गरेका निर्णय कार्यान्वयन गर्नका लागि प्रदेश सरकारसँग योजना माग गर्न भट्टराई विभिन्न मन्त्रालय पुगेका हुन् ।

जिल्लाको पुर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका लागि योजना माग गर्न योजना माग प्रस्ताव सहित उनी कोशी प्रदेशको राजधानी विराटनगरका सम्बन्धीत मन्त्रालयहरुमा जिसस प्रमुख भट्टराई पुगेका छन् ।

जिल्ला अस्पताल रुम्जाटारमा एक सय शैय्याको बेड, एम्बुलेन्स सेवा, अपरेशन सेवा निरन्तर सञ्चालन र एक्सरे सेवाको लागि योजना माग गर्न कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा प्रस्ताव सहित उनि पुगेका छन् ।

यस्तै जिल्ला समन्वय कम्पान्डमा सुविधा सम्पन्न सभाहल निर्माण र जलजलेश्वर मन्दिरको पूर्वधार निर्माणका लागि योजना माग गर्न जिसस प्रमुख भट्टराई

भौतिक पूर्वधार मन्त्रलाय पुगेको उनका स्वकिय सचिव लिला सुनुवारले बताए ।

ओखलढुंगाको शैक्षिक क्षेत्र सुधारका लागि जिससले निर्माण गर्न लागेको आधारभूत तह बालकक्षा देखि कक्षा १ को लागि अतिरिक्त पाठ्यक्रम छपाईको लागि बजेट माग गर्न भट्टराई प्रदेश सामाजिक विकास मन्त्रालयमा पुगेको सुनुवारले जानकारी दिए ।

नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणको पुर्व सन्ध्यामा सम्बन्धित मन्त्रालयमा पुगेर जिसस प्रमुख भट्टराईले जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पर्यटन प्रवद्र्धनका लागि बजेट माग र जिल्लाका विभिन्न पालिकामा खेलकुद मैदान बनाउनका लागि योजना माग गरेका छन् । स्थानिय तहमा कृषि उपज संकलन केन्द्र निर्माणका लागि कृषि उद्योग तथा सहकारी मन्त्रलायमा बजेट माग गरेका छन् ।

पाचौं जिल्ला सभाले गरेका निर्णय कार्यान्वयन गर्न प्रदेश सरकारसँग योजना माग गरिएको जिसस प्रमुख टेकराज भट्टराईले बताएका छन् । योजना मागका लागि जिसस प्रमुख अध्यक्ष भट्टराई, उप–प्रमुख तारादेवी कार्की, सदस्य गोपालमान थापा र जिल्ला अस्पताल व्यवस्थापन सदस्य ईच्छा कुमारी गुुरुङ सहितको टोली प्रदेशका विभिन्न मन्त्रालयमा पुगेका छन् । टाेलीले प्रदेश मुख्यमन्त्री हिक्मत कार्की संग समेत भेट गरेर जिल्लाकाे समसामयिक विषयमा छलफल गरेकाे छ ।