नेपाल शिक्षक संगठन ओखलढुंगाको अध्यक्षमा सुरेन्द्र खड्का निर्वाचित भएका छन् । जिल्ला सदरमुकाममा सम्पन्न संगठनको १३ औँ अधिवेशनले खड्काको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्ष गुन्दास श्रेष्ठ, महिला उपाध्यक्ष मिना तामाङ, सचिव डिल्लीप्रसाद गौतम, सह–सचिवमा विमला ढकाल, कोषाध्यक्षमा दिलिप पहाडी र सह कोषाध्यक्षमा एगा राई चयन भएकी छन् ।
नेपाल शिक्षक संगठन कोशी प्रदेश अध्यक्ष महेन्द्र प्रसाद गौतमको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले कन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, प्रदेश सचिवालय सदस्य अम्बिरबाबु गुरुङ, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का जिबि लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया