शिक्षक संगठन नगरकमिटीको अध्यक्षमा इन्द्र मगर निर्वाचित

शिक्षक संगठन नगरकमिटीको अध्यक्षमा इन्द्र मगर निर्वाचित


भिजन समाचार
7.2k
Shares

नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धिचरण नगरकमिटीको अध्यक्षमा इन्द्र बहादुर मगर निर्वाचित भएका छन् । आज सम्पन्न संगठनको तेस्रो नगर अधिवेशनले मगरको अध्यक्षता १७ सदस्यीय नयाँ नगरकमिटी सर्वसम्मत चयन भएका छन् । 

उपाध्यक्ष खुलातर्फ विकास तामाङ, महिला उपाध्यक्ष भावना धमला, सचिव कमल प्रसाद धमला, सहसचिव उमा बानिया, कोषाध्यक्ष रोशन राई र सहकोषध्यक्ष मुना श्रेष्ठ चयन भएक छन् ।

कमिटीको सदस्यहरुमा रमेश कडेल, प्रमिला धमला, फुर्दावा शेर्पा, चित्र चौलागाई, गुणराज धमला, मञ्जु श्रेष्ठ, गीता धमला र हिरा दाहाल चयन भएका छन् ।

नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य मोहन कुमार श्रेष्ठ, कोशी प्रदेश कमिटि सदस्य इच्छाकुमारी गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यावाहक अध्यक्ष युवराज दाहाल लगायतको उपस्थितिमा संगठनको अधिवेशन सम्पन्न भएको छ ।