नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगा वडा–वडामा गणतन्त्रको पक्षमा सचेतना कार्यक्रम गरिरहेको छ । चैत्र ११ गतेबाट पार्टीले आठ वटा स्थानिय तहका ७६ वटै वडामा एकै साथ सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पछिल्लो समय गणतन्त्रको बिषयमा अफवाह फैलाउने, विरोध गर्ने र संविधान विरोधी गतिविधि भइरहेकोले जिल्लाभर गणतन्त्रको पक्षमा सचेतना कार्यक्रम सञ्चान भइरहेको नेकपा एमाले प्रचार विभाग प्रमुख राजिव कटवालले बताए ।
सचेतना कार्यक्रममा पार्टीका कार्यकर्ता र आम नागरिकलाई सबैभन्दा उन्नत व्यवस्था गणतन्त्र बारे अभिमुखिकरण गर्ने काम भएको उनको भनाई छ । वडा तहमा पार्टीका नेताहरु पुगेर जनतालाई भ्रमका पछि नलाग्न, आफवाहपुर्ण कुरामा ध्यान नदिन र देशको अग्रगामी विकासमा एकजुट हुन सचेत गराउने काम भइरहेको कटुवालले जानकारी दिए ।
पार्टीको ‘जरा’ केन्द्रित अभियानसँगै गणतन्त्रको पक्षमा सचेतना कार्यक्रमलाई पनि जोड दिइएको नेकपा एमाले ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया