संघिय निजामती सेवा ऐन चाडै जारी हुन्छः  अध्यक्ष दाहाल

संघिय निजामती सेवा ऐन चाडै जारी हुन्छः  अध्यक्ष दाहाल


भिजन समाचार
8.1k
Shares

नेपाल निजामति कर्मचारी संगठनकी केन्द्रिय अध्यक्ष भवानी दाहालले सङ्घीय निजामती सेवा ऐन चाडै जारी हुने बताएकी छिन् । ऐन निर्माणको अन्तिम चरणमा रहेको भनाई छ ।

आज ओखलढुंगामा भएको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले जतिसक्दो छिटो ऐन ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाउनुपर्ने बिषयमा आफुहरुले दबाब सिर्जना गरिरहेको बताएकी छिन् ।

पछिल्लो समय लगातार सरकार र सरोकारवाला सँग ऐन जारी हुनुपर्ने बिषयमा छलफल भइरहेको बताउँदै उनले चाडै नै ऐन जारी हुनेमा आफुहरु विस्वस्त रहेको बताईन् ।

अब आउने ऐन सर्वमान्य र कर्मचारी मैत्री आउने बताउँदै अध्यक्ष दाहालले कर्मचारीको भावना विपरित ऐन जारी भएमा आन्दोलनका कार्यक्रम गर्न तयार रहन उनले कर्मचारीहरुलाई आग्रह समेत गरकी छिन् ।