क्षतिग्रस्त पुल पुन:निर्माण गर्न पुर्व माननियकाे पहल

क्षतिग्रस्त पुल पुन:निर्माण गर्न पुर्व माननियकाे पहल


भिजन समाचार
8.7k
Shares

गत असाेजमा सुनकाेशी नदिमा आएकाे बाढीले बगाएको पुलकाे पुन: निर्माण गर्न संविधान सभा सदस्य पुर्व माननीय यज्ञराज सुनुवारले पहल गरेका छन् । क्षतिग्रस्त पुलको पुनः निर्माणका लागि सस्पेन्सन ब्रिज झाेलुङ्गे पुल पुल्चोक महाशाखामा पुगेर ओखलढुंगाका संविधान सभा सदस्य एवम् पुर्व सांसद यज्ञराज सुनुवारले पहल गरेका छन् ।
बाढीले बगाएको ओखलढुंगाकाे चम्पादेबी गाउँपालिका-१ घाङसाङ र फिक्कल गाउँपालिका-४ खाङसाङबेँसी जोड्ने झोलुङ्गे पुल साथै सुनकोशी गाउँपालिका-४ जेरुङघाट ओखलढुंगा र फिक्कल-६ तिनखण्डे सिन्धुली जोड्ने झोलुङ्गे पुल लगायत अन्य क्षतिग्रस्त पुलहरुको यथासिघ्र र्निर्माणको निम्ति पुर्व सांसद सुनुवारले माग गरेका छन् । महाशाखाका प्रमुख रामेश्वर मरहठ्ठाकाे कार्य कक्षमा पुगेर संविधान सभा सदस्य पुर्व माननिय सुनुवारले पुल निर्माणका लागि पहल गरेका छन् ।