सांसद रामहरि खतिवडाले ओखलढुंगाको सामुदायिक अस्पतालको बिमा रकम तत्काल पठाउन सरकारको ध्यानाकर्षण गरेका छन् । बिमा रकम समयमा नपुग्दा बिरामीले उपचार नपाउने र डाक्टरले तलबभत्ता नपाउने अवस्था आएको भन्दै तत्काल रकम पठाउन खतिवडाले ध्यानाकर्षण गराएका हुन् ।
अस्पतालमा बिमाको रकम समयमा नपुग्नाले बिरामीले उपचारबाट वञ्चित हुनुपरेको ओखलढुंगाका सांसद खतिवडाले बताए। डाक्टरले समेत तलब नपाएकाे खतिवडाको भनाइ छ ।
मंगलबार सदनमा बाेल्ने क्रममा खतिवडाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिक्रिया