ओखलढुङ्गा एमालेको ३ दिने प्रशिक्षण सम्पन्न

ओखलढुङ्गा एमालेको ३ दिने प्रशिक्षण सम्पन्न


भिजन समाचार
5.2k
Shares

नेकपा एमाले ओखलढुङ्गाको तीन दिने प्रशिक्षण सम्पन्न भएको छ । नेता कार्यकर्ताको  नेतृत्व विकास गर्दै जिल्लामा संगठन सुदृढिकरण गर्ने र पार्टीका अभियानहरु थप चलायमान बनाउने उद्देश्यले आयोजित ३ दिने प्रशिक्षण कार्यक्रम विहिबार सम्पन्न भएको हो ।

नेकपा एमाले ओखलढुङ्गा स्कुल विभागको आयाेजनामा मंगलबारबाट तीन दिने प्रशिक्षण रुम्जाटारमा सञ्चालन भएको थियो ।

नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरेर प्रशिक्षणको शुभारम्भ गरेको कार्यक्रममा पोलिटब्युरो सदस्य पर्शुराम मेघी गुरुङ, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइरालासहित स्कुल विभागका प्रदेश पदाधिकारीलगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा जिल्लाका ८ वटै पालिकाबाट ३-३ जना गरि २४ जना प्रशिक्षार्थी सहभागी थिए

जिल्लामा पार्टीलाई एकतावद्ध, चलायमान र संगठन सुदृढिकरण गरी राष्ट्रिय अभियानहरुलाई तल्लो कमिटीसम्म प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित प्रशिक्षण उपलब्धिमूलक भएको नेकपा एमाले ओखलढुङ्गाका उपाध्यक्ष एवम् स्कुल विभाग प्रमुख कमलप्रसाद न्यौपानेले भिजनलाई बताए । प्रशिक्षणमा सहभागिले पालिकामा फर्किएर आफ्नो क्षेत्र भित्र वडा तहमा पार्टीको जरा केन्द्रित अभियानलाई सशक्त ढंगले सञ्चालन गर्ने उनको भनाई छ ।

पार्टीको प्रशिक्षणमा जिल्लाका शिर्ष नेताहरु पनि सहभागी थिए ।