नेपाली कांग्रेस ओखलढुंगाका नेता नवीन राईले तीन वटा सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेका छन् । नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रिय उपाध्यक्ष तथा ओखलढुंगाका महासमिति सदस्य एवम् नेपाल तरुणदलका केन्द्रिय सदस्य राईले चिशंखुगढी गाउँपालिका–८ को तीन वटा सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेका हुन् ।
गाउँपालिकाको माम्खा माध्यमिक विद्यालय, कुडुले आधारभूत र भूमेस्थान आधारभूत विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीलाई नेता राईले ट्र्याकसुट उपलब्ध गराएका छन् । माम्खा माध्यमिक विद्यालयका १९० जना विद्यार्थी, १९ जना शिक्षक कर्मचारी, कुडुले आधारभूत विद्यालयका पाँच जना शिक्षक कर्मचारी, १६ जना विद्यार्थी र भूमेस्थान आधारभूत विद्यालयका छ जना विद्यार्थी साथै तीन जना शिक्षकलाई ट्र्याकसुट वितरण गरिएको छ ।

ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले शिक्षक कर्मचारी र विद्यार्थीलाई न्यानो ट्र्याकसुट उपलब्ध गराएको नेता नविन राईले बताएका छन् । करिब दुई लाख बराबरको ट्र्याकसुट खरिद गरेर सम्बन्धीत विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई हस्तान्तरण गरिएको राईको भनाई छ ।
नेता राईले जिल्लाका हुने विभिन्न खेलकुद तथा अन्य कार्यक्रमहरुमा आर्थिक एवम् भौतिक सहयोग गर्ने गरेका छन् । राई युवा तथा विद्यार्थी माझ लोक प्रिय छन् । उनी चिशंखुगढी गाउँपालिका–८ माम्खाका स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया