गृहमन्त्रालयले ओखलढुंगाको लिखु गाउँपालिकाका चार वटा वडाका नागरिकलाई इलाका प्रशासन कार्यालय खिजिफलाटे बाट सेवा लिन पाउने निर्णय गरेको छ । लिखु गाउँपालिकाको वडा नं. ६, ७, ८ र ९ का नागरिकले इलाका प्रशासन खिजिफलाटे बाट नागरिकता लगायत प्रशासनिक सेवा लिन पाउने गृहमन्त्रालयले निर्णय गरेको हो ।
गाम्नाङ्टार, टारकेराबारी र पोकलीका नागरिकले इलाका प्रशासन खिजिफलाटे बाट सेवा पाउने भएका छन् । यस अघि यस क्षेत्रका नागरिकले नागरिकता लगायत प्रशासनिक सेवा लिन सदरमुकामको जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता थियो ।
गृहमन्त्रालय बाट हालै भएको यो निर्णयको कस्ले जस लिने भन्ने बारेमा ओखलढुंगाका संघिय र प्रदेश सांसद होडबाजी चलेको छ । संघिय सांसद रामहरि खतिवडा र प्रदेश सांसद प्रदिप कुमार सुनुवारले सामाजिक सञ्जाल फेसबुकमा आफुले पहल गरेका कारण काम भएको आसय व्यक्त गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघिय सांसद खतिवडा र कोशी प्रदेशका पुर्व मन्त्री ओखलढुंगा प्रदेश (क) सांसद सुनुवार दुवै जनाले आफुले पहल गरेको कारण मन्त्रालयले निर्णय गरेको आशास सामाजिक सञ्जाल फेसबुक मार्फत व्यक्त गरेका छन् । पक्षमा समाचारहरु पनि प्रकाशन भएका छन् । सांसद द्वयको गतिविधी प्रति सामाजिक सञ्जालमा आलोचना भएको छ । नेपाली कांग्रेस बाट निर्वाचित सांसद द्वय पार्टीको केन्द्रिय सदस्य हुन् ।

प्रतिक्रिया