प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ८७ जनाको टोली सहभागी हुने भएको छ । विहिबार बसेको मन्त्रीपरिषदको बैठकले यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जना हुने र धेरै निजी क्षेत्रबाट उपस्थिति रहने बताइएको छ । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मङ्सिर १८ गते भेटवार्ता गर्ने छन् । भ्रमण सकेर प्रधानमन्त्री सहितको टोली २० गते स्वदेश फर्कने छ ।
प्रतिक्रिया