निर्वाचन आयोगले पालिकाको उपनिर्वाचनमा सबै कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाइ मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले पालिकामा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपनिर्वाचन हुने सम्बन्धित वडामा नाम समावेश भएका सरकारी पदाधिकारी तथा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारलाई पत्र लेखी पठाउने निर्णय गरेको हो ।
स्थानिय तहको रिक्त पदको लागि यही आउँदो १६ गते आइतबार उपनिर्वाचन हुँदैछ । यसअघि आयोगले उपनिर्वाचन हुने पालिका र वडाहरुमा १६ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आह्वान गरिसकेको छ ।
प्रतिक्रिया