सुनकोशीका बाढी पीडित १६ परिवारलाई सभापति खतिवडाकाे ५-५ हजार सहयोग

सुनकोशीका बाढी पीडित १६ परिवारलाई सभापति खतिवडाकाे ५-५ हजार सहयोग


भिजन समाचार
106
Shares

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले ओखलढुंगाको सुनकोशीका बाढी प्रभावित १६ घरपरिवारलाई नगद् सहयोग गरेका छन् । प्रभावित क्षेत्रको स्थलगत अनुुगमन गर्ने क्रममा जिल्लाको सुनकोशी गाउँपालिका १, २ र ४ मा पुगेका उनले बाढी पीडित १६ स्थानीयलाई पाँच–पाँच हजारका दरले सहयोग रकम प्रदान गरेका हुन् ।

दसैँको बेला पाकेको धानबाली र धानखेत बाढीले बगाएर निरास भनेका स्थानीयलाई घरघरमै पुगेर सान्त्वनाको लागि रकम सहयोग गरेको जिल्लाका संघीय सांसद समेत रहेका खतिवडाले बताए ।

क्षति भएका ठाउँमा जतिसक्दो छिटो राहत, पुर्नस्थापना र पुननिर्माणका लागि आफुले सक्दो पहल गरिरहेको उनको भनाई छ । नेता खतिवडाकै पहलमा सरकारले सुनकोशी गाउँ पालिका र चम्पादेवी गाउँपालिकलाई बाढीपहिरो प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । 

प्रभावित क्षेत्रको स्थलगत निरिक्षणम ासभापति खतिवडा सहित,  कोशी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सांसद प्रदिप सुनुवार, सिद्दिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, सुनकोशी गाउँपालिका प्रमुख कमल तामाङ र पुर्व ट्रेड युनियन अध्यक्ष खिलानाथ दाहाल लगायत सहभागी थिए ।

गत असोज १० देखि १३ गतेसम्म परेको अविरल बर्षापछि सुनकोशी नदिमा आएको बाढीले तटिय क्षेत्रको धानखेत बगाउँदा सुनकोशी गाउँपालिका वडा नं. १, २ र ४ मा पाँच सय रोपनी धानखेत नष्ट हुँदा लाखौँको क्षति भएको थियो ।