अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ओखलढुंगाको अध्यक्षमा सुमन घिमिरे चयन भएका छन् । जिल्ला सदरमुकाममा भएको नवौँ जिल्ला सम्मेलनले घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
यस्तै जिल्ला कमिटीको बरिष्ठ उपाध्यक्षमा नबिन बस्नेतलाई चयन गरिएको छ भने उपाध्यक्षमा राहुल कटवाल र निमि शेर्पा रहेका छन् । यस्तै सचिवमा अविनाश कार्की, सह–सचिवमा प्रविन राई, मनिषा ढकाल, दा लकी शेर्र्पा चयन भएका छन् ।
जिल्ला कमिटीको कोषाध्यक्षमा कल्पना बास्तोला चयन भएको चयन भएको विद्यार्थी युवा सङ्गठनका जिल्ला फ्याक्सन इन्चार्ज नविन पौडेलले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष नरेश रेग्मी, पार्टीका केन्द्रिय सदस्य एवम् सोलुखुम्बु जिल्ला ईन्चार्ज हेम कुमार राई, ओखलढुंगा जिल्ला ईन्चार्ज चम्पा कार्की, नेकपा माओवादी केन्द्र ओखलढुंगाका जिल्ला संयोजकमा रामकुमार कार्की, सह–संयोजक निशान्त शर्मा, विद्यार्थी युवा सङ्गठनका जिल्ला फ्याक्सन इन्चार्ज तथा युवा नेता नविन पौडेल लगायतले लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
नवनिर्वाचित जिल्ला कमिटी अध्यक्ष सुमन घिमिरेले विद्यार्थी आन्दोलनलाई सक्रिय बनाउँदै जिल्लाको विकास, समृद्धि र सुशासनको सवालमा सक्रिय भएर खबरदारी प्रतिवद्धता जनाए । विद्यार्थी संगठनलाई मबजुत बनाउन संगठन विस्तार र सुदृढीकरणमा एकजुट भएर लाग्ने उनको भनाई रहेको छ ।
प्रतिक्रिया