माओवादीकाे ओखलढुंगा संयोजक बने रामकुमार कार्की

माओवादीकाे ओखलढुंगा संयोजक बने रामकुमार कार्की


भिजन समाचार
22.6k
Shares

नेकपा माओवादी केन्द्र ओखलढुंगाको संयोजकमा रामकुमार कार्की मनोनित भएका छन् । केन्द्रको प्रदेश कमिटी बैठकले कार्कीलाई जिल्ला संयोजकको जिम्मेवारी तोकेको हो ।

पार्टीको गत माघमा काठमाडौंमा बसेको स्थायी समितिको बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । यस अघिका जिल्ला संयोजक शर्मा चिशंखुगढी गाउँपालिका अध्यक्ष समेत रहेकोले एक पद एक जिम्मेवारी नीति अनुसार उनको स्थानमा कार्कीलाई बैठकले संयोजक तोकेको हो ।

प्रदेश कमिटीले २०८१ असारमै जिम्मेवारी तोकेको भए पनि मनोनित भएपछि संयोजक कार्कीको अध्यक्षतामा पार्टीको जिल्ला समन्वय समितिको पहिलो बैठक शनिबार बसेको थियो । आफ्नो नेतृत्वमा जिल्लामा पार्टीलाई थप एकतावद्ध, सक्रिय र सुदृढ बनाएर व्यवस्था अनुसारको अवस्था परिवर्तन गर्नका लागि आगामी चुनावमा धेरै भन्दा धेरै नेतृत्व हासिल गर्ने गरि काम गर्ने उनले प्रतिवद्धता जनाए ।

यसैबिच नेकपा माओवादी केन्द्र ओखलढुंगाले भदौ महिनाभर जिल्लामा पार्टी सुदृढिकरण र सदस्यता नविकरण अभियान सञ्चालन गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको जिल्ला समन्वय समितिको विस्तारित बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य नविन पौडेलले जानकारी दिएका छन् ।